arrow

उपत्यकामा ३९६ सहित देशभर थप ९०२ जनामा संक्रमण, ६ को मृत्यु

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या ४८ हजार १३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई दुई हजार २८७ जना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ३२ हजार ९६४ जनाले कोरोना जितेका छन् । 

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९६ नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ संक्रमित फेला परेका छन् ।

 १० हजार ६११ नमूना परीक्षणमा देशभर ९०२ जनामा कोरोना संक्रमण पाइएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । 

कैलालीमा ७७, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, मकवानपुरमा २४, रुपन्देहीमा २१, चितवनमा २०, सप्तरी, सुर्खेत र गोरखामा १८/१८, झापामा १६, पर्सामा १४, ओखलढुङ्गामा १३, बारामा १२, वाग्लुङमा १०, कञ्चनपुरमा नौ, रौतहट, धादिङ र रामेछापमा आठ/आठ संक्रमित फेला परेका छन् ।

बर्दिया र नवलपरासी पूर्वमा सात/सात, सर्लाहीमा छ, बाँकेमा पाँच, सिरहा र महोत्तरीमा चार/चार, नुवाकोट, दाङ र तनहुँमा तीन/तीन, उदयपुर, दोलखा र काभ्रेपलाञ्चोकमा दुई/दुई, इलाम, नवलपरासी, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, स्याङ्जा, सिन्धुपाल्चोक, रोल्पा र दैलेखमा एक/एक संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय संक्रमित उपचाररत छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित छैनन् । 

थप ६ को मृत्यु
कोरोना भाइरसबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौँका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष तथा काठमाडौँकै ८० वर्षीया महिला छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ ।

 जुन कुल संक्रमितको तुलनामा ०.६३ प्रतिशत हो । विश्वभर दुई करोड ७४ लाख ९२ हजार ९८२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको छ भने एक करोड ९५ लाख ९२ हजार २८० जना निको भएका छन् ।



लोकप्रिय समाचार
नयाँ