ढाका । बङ्गलादेशमा कोभिड–१९ संक्रमितमध्ये ६९.१९ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले मङ्गलबार जानकारी गराएको छ ।
निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल संक्रमितमध्ये १.३८ प्रतिशतको मृत्यु भएको छ ।
बङ्गलादेशमा विगत २४ घण्टामा संक्रमित पुष्टि भएका कोभिड–१९ विरामीको सङ्ख्या एक हजार ८९२ रहेका छ भने ३६ जनाको मृत्यु भएको छ । यहाँ मङ्गलबारसम्म संक्रमितको सङ्ख्या तीन लाख २९ हजार २५१ पुगेका छ भने चार हजार ५५२ जनाको मृत्यु भइसकेको छ ।
बङ्गलादेशमा कोरोनाभाइरस संक्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख २७ हजार ८०९ रहेको छ भने तीन हजार २३६ जना मङ्गलबारमात्रै निको भई घर फर्किएका छन् ।
बङ्गलादेशमा सबैभन्दा बढी संक्रमित भएको दिन जुलाई २ हो । उक्त दिन चार हजार १९ जना एकै दिन संक्रमित भएका थिए । त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो ।