काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।
मंगलबार ९५ हजार ८ सय रुपैयाँ प्रतितोलाका दरले रहेको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले बढ्दै ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य ९५ हजार ९ सय रुपैयाँ रहेको छ ।
यसअघि मंगलबार तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ महासंघका अनुसार बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै १३ सय १५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।
यसअघि मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको थियो ।