काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीमा प्रस्तुत गर्ने सहमतिको प्रस्ताव तयार पारेका छन् ।
दुई अध्यक्षको सहमतिमा शुक्रबार बोलाइएको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव बुधबार अन्तिम रुप दिइएको हो ।
पार्टीभित्रको समस्या समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझाव र गत १८ भदौको सचिवालय बैठकमा नेताहरूबाट प्राप्त सुझाबका आधारमा उनीहरूले प्रस्तावको गृहकार्य गरेका थिए ।
तीन दिनसम्म लगातारको छलफलपछि आज सो प्रस्तावलाई अध्यक्षद्वयले अन्तिम रुप दिएका हुन् ।