बेइजिङ । कोरोना महामारीको समयमा पनि चीन-युरोप मालवाहक रेलसेवाले उच्च रेकर्ड कायम गरेको जनाइएको छ । पछिल्लो पाँच महिनामा चिनियाँ मेडिकल आपूर्ति र सीमित हवाई र समुद्री यातायातका कारण मालवाहक रेल सेवा बढेको साउथ चाइना मोर्निंग पोस्टले जनाएको छ ।
चाइना स्टेट रेलवे समूहले जारी गरेको पछिल्लो तथ्यांकका अनुसार जुलाईमा कूल एक हजार २२२ मालवाहक रेलहरु चिनियाँ सहरबाट युरोप पुगेका थिए । जुन गत वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले बढी रहेको प्रतिवेदनमा जनाइएको छ ।
मालवाहक रेलहरूले अन्तर्राष्ट्रिय खाद्यान्न आपूर्ति श्रृंखला स्थिर बनाउन मद्दत पुर्याउन महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।
चीनको रेल ढुवानी एकदम धेरै भएको देखिएको छ । कोरोना महामारीबाट संसारभरको अर्थव्यवस्था तहसनहस भएको छ । पछिल्लो समय चिनियाँ अर्थव्यवस्थामा पनि सधार आएको छ ।
रिपोर्ट अनुसार रेल यातायातको वृद्धिले पनि चीनले देशको उत्पादित उत्पादनहरु विदेशमा पठाउन "भरपर्दो यातायात मार्ग" विकास गरिसकेको पुष्टि भएको छ ।