अलिबाबाले पूर्वी चीनमा शुरु गर्यो पहिलो बिजनेस सेन्टर
एजेन्सी,
प्रकाशित २०७७ भदौ २४ बुधबार
77
Shares
काठमाडौं। चिनियाँ ईकमर्श कम्पनी अलिबाबा समूहले मंगलबार पूर्वी चीनको जेजियाङ प्रान्तको जिंहुवा सहरमा आफ्नो पहिलो व्यापार सञ्चालन केन्द्र स्थापना गरेको छ ।
केन्द्रले अलिबाबाको ई-कमर्स प्लेटफार्महरूको अफलाइन सेवा आउटलेटको रूपमा काम गर्दछ । जसले प्लेटफर्मको साथ कारखाना र उद्यमहरूको उत्पादन र बिक्रीको गति बढाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।
यसले एक स्टप सेवा, अनलाइन स्टोर एप्लिकेसनहरु, अपरेशनल प्रशिक्षण, र ग्राहकहरूको लागि व्यापार डकिंगसहित सेवा उपलब्ध गराउने जनाइएको छ ।
अलीबाबाले गुहाजोङ, जिआंसु, फुजिआान र अन्य प्रान्तहरुमा पनि उत्पादन उद्योगहरुसँगै व्यापार सञ्चालन केन्द्रहरु स्थापना गर्ने बताएको छ ।