काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर निको हुनेको संख्या दुई करोड नाघेको छ । बिहीबार बिहानसम्म निको हुनेको संख्या २ करोड ८३ हजार पुगेको हो ।
अहिलेसम्म २ करोड ८० लाख ११ हजार भन्दा बढी संक्रमित हुँदा निको हुनेको संख्या २ करोड ८३ हजार पुगेको हो । सक्रिय संक्रमित ७० लाख २२ हजार रहेको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा ६५ लाख ४८ हजार ४६५ जना संक्रमित हुँदा मृत्यु हुने १ लाख ९५ हजार १८४ पुगेका छन् । ३८ लाख ४० हजार भन्दा बढीलाई निको भएको छ । निको हुने दर ५८ भन्दा बढी प्रतिशत हो ।
भारतमा ४४ लाख ६२ हजार ९६५ जना संक्रमित हुँदा ७५ हजार ९१ को ज्यान गएको छ । निको हुने ३४ लाख ६६ हजार ८१९ जना रहेका छन् । निको हुने दर ७७ प्रतिशत हाराहारी हो ।
तेस्रो स्थानको ब्रजिलमा ४१ लाख ९९ हजार ३३२ जना संक्रमित हुँदा १ लाख २८ हजार ६५३ जनाको ज्यान गएको छ । निको हुने ३४ लाख ५३ हजार ३३६ जना रहेका छन् । निको हुने दर ८१ प्रतिशतको हाराहारीमा छ ।
चौथो स्थानको रुसमा १० लाख ४१ हजार ७ जना संक्रमित हुँदा १८ हजार १३५ जनाको ज्यान गएको छ । निको हुने दर ८२ प्रतिशतको हाराहारीमा छ ।
पाँचौ स्थानको पेरुमा ७ लाख २ हजार ७७६ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ३०ह जार २३६ रहेको छ । निको हुने ५ लाख ३६ हजार ९५९ रहेका छन् । निको हुने दर ७६ प्रतिशतको हाराहारीमा छ ।
छैटौं स्थानको कोलम्बियामा ६ लाख ८६ हजार ८५६ जना संक्रमित हुँदा २२ हजार ५३ जनाको ज्यान गएको छ । ५ लाख ५२ हजार ८८५ जनालाई निको भएको छ । निको हुने दर ७९ प्रतिशतको हाराहारीमा छ ।
सातौं स्थानको मेक्सिकोमा ६ लाख ४२ हजार ८६० जना संक्रमित हुँदा ६८ हजार ४८४ जनाको ज्यान गएको छ । निको हुने ४ लाख ५१ हजार १५९ रहेका छन् । निको हुने दर ७० प्रतिशतको हाराहारीमा छ ।
आठौं स्थानको दक्षिण अफ्रिकामा ६ लाख ४२ हजार ४३१ जना संक्रमित हुँदा १५ हजार १६८ जनाको ज्यान गएको छ । निको हुने ५ लाख ६९ हजार ९३५ रहेका छन् । निको हुने दर ८८ प्रतिशतको हाराहारीमा छ ।