arrow

भारतमा एकै दिन बढे ९५ हजार पाँच सय बढी कोरोनाका संक्रमित 

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
corona-india-transport.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणको दर फेरि बढेको छ । बुधबार अहिलेसम्मकै बढी ९५ हजार ५२९ जना संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो सबैभन्दा बढी हो । 

यसअघि सोमबार आइतबारको तुलनामा १७ हजारले कमी आए पनि मंगलबार भने सोमबारको तुलनामा १४ हजारले बढेका थिए । 

यसअघि आइतबार ९२ हजार संक्रमित थपिएका थिए । त्यो त्यतिन्जेलको सबैभन्दा बढी हो । शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका थिए ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।  

हाल ९ लाख १८ हजार १८५ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । भारतमा निको हुनेको दर भने राम्रो रहेको छ । बुधबार ७३ हजार ५७ जनालाई निको भएको छ । 

मंगलबार ७४ हजार ६०७ जनालाई निको भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । सोमबार ७४ हजार १२३ जनालाई निको भएको थियो । 

हालसम्म ३४ लाख ६९ हजार ८४ जना कोरोनामुक्त भएका छन् । 

बुधबार १ हजार १६८ जनाको ज्यान गएको छ । मंगलबार १ हजार १०७ जनाको ज्यान गएको थियो । सोमबार १ हजार १२९ जनाको ज्यान गएको थियो । आइतबार १ हजार ८ जनाको ज्यान गएको थियो । शनिबार १ हजार ४४ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७५ हजार ९१ पुगेको छ । 

भारतमा संक्रमितको संख्या बढे पनि अधिकांश क्षेत्रमा सार्वजनिक यातायात, रेल सेवा एवं हवाई सेवा खुलेको छ । 



लोकप्रिय समाचार
नयाँ