arrow

बीपी कोइराला बाबुराम भट्टराईका आधुनिकताका प्रेरक व्यक्तित्व

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
BP-Koirala.jpeg

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आधुनिकताका प्रेरक व्यक्तित्व भएको बताएका छन् । 

सामाजिक संजालमा ट्वीट गर्दै डा. भट्टराईले नेपाली कांग्रेसका संस्थापक कोइरालालाई आधुनिकताका प्रेरक व्यक्तित्व भनी उल्लेख गरेका हुन् । 

उनले राष्ट्रियतर्फ तीन जनालाई प्रेरक व्यक्तित्व भनी खुलाएका छन् । डा भट्टराईले पृथ्वीनारायण शाहलाई रणनीति, बीपी कोइरालालाई आधुनिकता र पुष्पलाल श्रेष्ठलाई सामाजिक न्यायका रुपमा प्रस्तुत गरेका छन् । 

त्यसैगरी अन्तर्राष्ट्रियतर्फ उनले आत्मिक चिन्तनमा गौतम बुद्ध, समाज विज्ञानमा कार्ल माक्र्स र भौतिक विज्ञानमा अल्बर्ट आइन्सटाइनलाई राखेका छन् । 

गौतम बुद्ध नेपालमै जन्मिएका भए पनि डा. भट्टराईले किन अन्तर्राष्ट्रियतर्फ भनी राखे त्यसमा भने कुनै तर्क दिएका छैनन् । 



लोकप्रिय समाचार
नयाँ