काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत हप्तादेखि सार्वजनिक स्थलमा देखिन थालेका पोप फ्रान्सिस पहिलो पटक मास्क लगाएर देखिएका छन् ।
उनी गत हप्ता भने बिना मास्क नै देखिएका थिए । बुधबार उनी मास्क लगाएर गएका थिए । तर मानिसहरुको भिडमा गाडी पुग्न थालेपछि भने उनले मास्क निकालेका थिए ।
उनले बुधबार सार्वजनिक प्रार्थनामा सहभागीता जनाए । त्यहाँ बालबालिकासँग कुराकानी गरे भने अन्य मानिसलाई हात हल्लाएर अविवादन गरेका थिए ।