रुपन्देही । यती वेला नेपाल सम्वत अनुसार सोह्रश्राद्ध चलिरहेको छ । मृत्युवरण भएका पितृहरुलाई दिईने पिण्ड दानलाई सोह्रश्राद्धमा भन्ने गरिन्छ । जुन प्रत्येक वर्षका सोह्रश्राद्धको वेला गर्ने प्रचलन रहेको छ । जस अनुसार नेपाल यही भदौ १७ गते वाट शुरु भएको छ । विगतका वर्षहरु देखि पुरोहित द्धारा सोह्रश्राद्धको कर्मकाण्ड गर्ने गरिन्छ ।
तर यस वर्ष भने विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण त्यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको लकडाउन एंव निशेषाज्ञामा सोह्रश्राद्धको (पितृपुजन) कर्मकाण्ड पुरोहित राखेर प्रत्येक घर–घरमा गरिने कार्य गर्न नपाईने भनी भदौ १२ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एक सुचना जारी गर्दै, घर–घरमा पुरोहित वोलाएर सोह्रश्राद्ध गर्न नपाईने जनाएको थियो ।
कोरोना भाईरसका कारण सोह्रश्राद्ध (पितृ पुजन) कार्यमा आफन्त, छरछिमेक, ईष्टमित्र र वन्धुवान्धवलाई निमन्त्रणा नगरी घरपरिवारका सदस्यहरु मात्रै सामेल हुने गरी व्यवस्था मिलाएर प्रविधिको प्रयोग गरी भर्चुअल विधिवाट सोह्रश्राद्ध गर्न ह्विप जारी गरेको तिलोत्तमा नगरपालिकाले यता विहिवार (आज) तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले जम्वो टोली लिएर औद्योगिक ग्राम र गेटको शिलान्यास गरेका छन् ।
नगरवासीहरुलाई पुरोहित वोलाएर सोह्रश्राद्ध गर्दा कोरोना भाईरस सर्छ भन्ने नगरप्रमुखले जम्वो टोलीको विचमा कोरोना भाईरस सर्छकी सर्दैन भन्ने जिज्ञासाले नगर प्रमुख घिमिरेलाई प्रश्न गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सग्रहवा सामुदायिक वन हाता भित्र उक्त औद्योगिक गा्रमको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा नगरकी उपप्रमुख जागेश्वरीदेवि चौधरी लगायत वडा नं.१० का जनप्रतिनिधि एंव नगरवासीहरुको सहभागिता रहेकोे थि