चितवन । चितवन मेडिकल कलेजमा बिहिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको बिहिबार दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालको कोभिड सघन उपचार कक्षमा बिहिबार उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । एक जना वृद्धाको घरमा नै मृत्यु भएको थियो ।
मृत्युहुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३ तथा बारा, गोर्खा र कैलालीका एक-एक जना रहेका छन् ।