arrow

मुक्तीचोकमा बिरोध गरि सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ भदौ २५ बिहिबार
nebisang-jhapa.jpg

झापा । भ्रष्टाचार अनियमितता साथै पछिल्लो समय देशभर घटेका जघन्य अपराधका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ  (नेविसंघ) झापाले बुधबार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ।

नेविसंघले झापाका प्रमुख जिल्ला अधिकारी (सिडियो) श्रवणकुमार तिमल्सिना मार्फत ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेतीको नेतृत्व जिल्ला प्रशासन कार्यालय पुगेको विद्यार्थीहरुको टोलीले बुझाएको ज्ञापनपत्रमा राज्यले आमनागरिकको जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न नसकेको ज्वलन्त उदाहरण झापाको शिवसताक्षी ११ का गोमनसिंह मगर र रौतहटमा भएको दलित युवा निरञ्जन रामको हत्याकाण्डलाई लिन सकिने उल्लेख छ।

ज्ञापनपत्रमा राज्य सञ्चालनको नेतृत्वकर्ता नेकपाका नेता कार्यकर्ता ठाउँठाउँमा भइरहेका लुटपाट र चन्दा आतंक मच्चाउने कार्यमा सक्रिय भएको आरोप लगाइएको छ।

साथै विद्यार्थीहरुले कृषि पेशामा आवद्ध किसानहरुलाई आवस्यक पने कृषि सामग्री तथा रासायनिक मलको सहज उपलब्धताका निमित्त ज्ञापनपत्र मार्फत सरकारको ध्यानाकर्षण गराइएको छ।

त्यसैगरी कृषि अनुदानका नाममा जिल्लाका विभिन्न पालिकाहरुमा भइरहेको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई कडा कारवाही गरी वास्तविक किसानको पहिचान गरेर कृषिमा अनुदान उपलब्ध गराउन नेविसंघले माग गर्नुका साथै स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ तिमल्सिनाले आफूले सक्ने काम आफ्नै तहबाट गर्ने र बाँकी काम गर्न सरकारलाई तत्काल जानकारी गराउने आश्वासन दिएका छ्न ।  

विद्यार्थीहरुले बुधबार दिउँसो १२ बजे सरकारकोविरुद्धमा बिर्तामोडको मुक्तीचोकमा शान्तिपुर्ण बिरोध जुलुस प्रदर्शनन गरि अपरान्ह १:३० बजे प्रजिअ समक्ष ज्ञापन पत्र बुझाएका थिए।



लोकप्रिय समाचार
नयाँ