arrow

अक्षय कुमारको संघर्ष, मोडलबाट यसरी बने बलिउड स्टार

logo
प्रकाशित २०७७ भदौ २५ बिहिबार
akshaya2.jpg

काठमाडौं । मिस्टर 'खिलाडी ' भनेर चिनिने अक्षय कुमारले ९ सेप्टेम्बर मा आफ्नो जन्मदिन मनाउँछन्। अक्षय जन्मको जन्म चाँदनी चोक, दिल्लीमा भएको थियो। उनका बुबा पहिले सेनामा थिए, त्यसपछि लेखापालको रूपमा काम गर्न थाले। केही समय पछि अक्षयको परिवार दिल्लीबाट मुम्बई सरे। त्यहाँ उनले माटुंगाको डन बस्को स्कूलमा प्रवेश लिए।

अक्षयको मन खेलकुदमा धेरै थियो। छिमेकी केटाहरु कराते खेलेको देखेर उनलाई चासो भयो। अक्षय १० कक्षा पूरा गरिसकेपछि आफ्नो बुबालाई जिद्दी गर्दै मार्शल आर्ट सिक्न बैंकक गएका थिए। जहाँ उनले ब्लाक बेल्ट प्राप्त गरेका थिए। पाँचबर्ष पछि कोलकाता - ढाकामा उनी ट्राभल एजेन्टको रूपमा काम गर्दै आए भने होटलमा काम गर्न दिल्ली पुगे ।  दिल्लीमा केही समय उनले कुंदनको गहना किनेर मुम्बईमा बेचे।

अक्षय कुमार फिल्म अभिनेता बन्नुभन्दा पहिले एक मोडल थिए ।  कसैको सल्लाहमा उनले मोडलिङ गर्न थाले। उनले फर्निचर पसलमा पहिलो फोटोशूटका लागि २१ हजार रुपैयाँको चेक पाएका थिए। एक पटक, अक्षय मोडलिंगको लागि बंगलोर जानु पर्ने थियो तर अक्षय बिहान सात बजे सम्म सुते र उडान  छुट्यो । उडान छुटेपछि, उनी दिनभरि दु: खी थिए। साँझ उनी मोडल संयोजकलाई आफ्ना फोटाहरू देखाउन गए। 

त्यसपछि उनले प्रमोद चक्रवर्तीसँग भेट गरे। त्यो साँझ पनि उनी बंगालोर मोडल कोर्सका लागि जाँदै थिए। सो समय मेकअप म्यानन प्रमोद चक्रवर्तीको कम्पनीले उनलाई अभिनेता बन्न प्रताव गरेको थियो । अक्षयले उनलाई आफ्नो पोर्टफोलियो देखाए र तुरून्त तीन फिल्महरूको लागि प्रस्ताव मिल्यो।

अक्षय भन्छन् , 'म अचम्ममा परें। प्रमोद चक्रवर्तीले मलाई तुरून्त तीनवटा फिल्मका लागि साइन गराए। पहिलो फिल्मका लागि उनले मलाई ५ हजार, दोस्रो ५० हजारलाई र तेस्रो फिल्मलाई १.५० लाख रूपैयाँको चेक दिएका थिए । जब उनले मलाई चेक दिएका थिए त्यो साँझको ६ बजेको थियो। यदि म बेंगलुरु गएको भए, यो मेरो लागि अर्कै हुने थियो । आज म कतै अवकाशप्राप्त मोडल हुने थिएँ। त्यसैले जे हुन्छ राम्रैका लागि हुन्छ। '

अक्षयको वास्तविक नाम राजीव भाटिया हो। उनी भन्छन एक दिन उनले त्यतिकै नाम परिवर्तन गरेर अक्षय कुमार राखे । एउटा संयोगको रूपमा पनि लिइन्छ  नाम परिवर्तन गरेको अर्को दिन अक्षयले मुख्य नायकको रूपमा पहिलो फिल्म पाए। 

सन् १९९१ मा  'सौगन्ध' फिल्म रिलिज भएको थियो । यद्यपि यस अघि उनले 'आज' फिल्ममा पनि सानो भूमिका गरिसकेका थिए।

आज अक्षय कुमार बलिउडका ठूला स्टार मध्ये एक हुन् तर मोडलिंगको दिनमा उनीले धेरै संघर्ष गर्नुपरेको थियो। यस्तो एउटा घटना छ जब अक्षयले आफ्नो फोटोशूट मुम्बईको त्यो घर बाहिर गर्नुपरेको  थियो। अक्षय ती फोटोशूट घर भित्र चाहन्थे तर चौकीदारले जान दिएनन्। 

 पछि मुम्बईको जुहू बीचमा रहेको सो बंगला अक्षय कुमारले किने। अक्षय कुमार मुम्बईको जुहू बीचमा रहेको १२८ करोड नेपाली रुपैयाँको प्राइम बीच बंगलामा बस्छन् । अक्षय यस विलासी घरमा श्रीमती ट्विंकल र दुवै बच्चाहरू आरव र निताराको साथ बस्छन्। 

उनको घर समुद्री किनारमा अवस्थित छ। यो बहुमज‍िला घर अक्षय कुमारलाई मनपर्छ। यो बंगला निकै आकर्षक रहेको छ । घरको पुरै इन्टेरियर अक्षय कुमारकी श्रीमति र अभ‍िनेत्री ट्व‍िंकल खन्‍नाले गरेकी हुन् ।



लोकप्रिय समाचार
नयाँ