बेइजिङ । चीनले आफ्नो बाढी प्रतिक्रिया सतर्कतालाई दोस्रो उच्च स्तरमा पुर्याएको छ । भारी वर्षका कारण याङ्जे खोलाको बाढीले पूर्वी प्रान्तहरू जियाङ्सु र जियाङसी सबैभन्दा बढी प्रभावित भएका थिए ।
ज्याङसीको पोयाङ काउन्टीमा बाढीले चीनको सबैभन्दा ठूलो तालको पोयाङमा पानी तह अहिलेसम्मकै उच्च २२.५२ मिटर पार गरेको छ । यसको उच्च सतर्कताको लेभल १९.५० मिटर रहेको छ ।
चिनियाँ सञ्चारमाध्यमहरुले प्रान्तीय सैन्य अधिकारीहरूले तालको छेउछाउमा ९ किलोमिटर क्षेत्रमा सुरक्षा प्रदान गर्न र बस्तीलाई त्यहाँबाट हटाउनका लागि हजारौं सैनिक परिचालन गरिएका छन् ।
चीनमा चार-स्तरीय बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया प्रणाली छ, स्तर १ सबैभन्दा गम्भीर प्रतिनिधित्व गर्ने काम गर्छ ।
यसवर्ष अहिलेसम्म करिब १४१ मानिसहरुको मृत्यु भएको छ भने केही बेपत्ता छन् । जसले ३.५३ मिलियन हेक्टर कृषि भूमिमा क्षति गरेको छ ।
जलस्रोत मन्त्रालयका अनुसार जुलाईको सुरूदेखि २१२ वटा नदीमा सतर्कता तह पार गरिसकेको थिए ।