काठमाडौं । फ्रेन्च लिग वान फुटबलको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा पीएसजी यसै सिजन लिग वानमा बढुवा भएको लेन्ससंग १–० गोल अन्तरले पराजित भएको हो ।
लेन्सका लागि इग्नाटियस गनागो गोलकिपर मारकिन बुल्काको गल्तीको फाईदा उठाउँदै विजयी गोल गरे ।
च्याम्पियन्स लिगको फाइनल हारेको पीएसजीका फाइनल खेलेका ७ खेलाडी बिनै पीएसजी मैदान उत्रिएको थियो ।
पीएसजीले पछिल्ला ८ सिजनमा ७ पटक लिग वानको उपाधि जितेको छ । गत सिजन कोरोना भाइरसका कारण सिजन रद्द भएपछि त्यतिन्जेलसम्म खेलिएका खेलको आधारमा पीएसजीलाई लिग विजेता घोषित गरिएको थियो ।