arrow

दश वर्षे बालक र २२ वर्षीया युवतीको डुबेर गयो ज्यान 

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
drowning.jpg

लहान । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर बिहीबार एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ । 

सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय  १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ । तत्काल सनाखत हुन नसकेको अन्दाजी २२ वर्षीया ती युवतीको शव दहको पानीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ