काठमाडौं ।
सातामाको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा ३ सय रुपैयाँ प्रतितोलाका दरले गिरावट आउँदै छापावाल सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ प्रतितोला रहेको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यासायी महासंघले जानकारी दिएको छ ।
शुक्रबार चाँदीको मूल्यमा १३ सय १० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ ।