चितवन । नारायणगढ –मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो ।
बिहान ८ः १० बजे नारायणगढबाट ३१ दशमलब ३ किमी मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार दुईतर्फी सञ्चालनका लागि काम भईरहेको छ ।
ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको हो ।