काठमाडौं। कोरोना भाइरस महामारीका कारण स्थगित भएको लाखौं विद्यार्थीको सिकाई सुचारु गर्न सरकारले विद्यार्थी सिकाई निर्देशिका जारी गरेको छ। गत भदौ १९ मा जारी निर्देशिका अनुसार आगामी असोज १ गतेबाट विद्यार्थी सिकाई कार्यक्रम लागू गर्न सरकारले बिहीबार सूचना जारी समेत गरिसकेको छ। निर्देशिकामा विद्यार्थीको वर्गीकरण गर्नुपर्ने उल्लेख गरिएको छ। निर्देशिकामा गरिएको व्यवस्था अनुसार विद्यार्थीलाई ५ समुहमा वर्गीकरण गर्न सकिने बताइएको छ।
जस अनुसार पहिलो सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थीको समुह रहेको छ । त्यस्तै रेडियो, एफएम रेडियको पहुँचमा भएका विद्यर्थीको समुह, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी समुह, कम्प्युटर भएको तर अनलाईन कनेक्टिभिटी नभएका विद्यर्थी समुह र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समुह गरी ५ वर्गीकरण गरेर अध्यापन गराउन सकिने उलेख्य गरिएको छ।
सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थीको समुहलाई केन्द्रबाट स्व अध्ययन वा सामग्रीको विद्युतीय प्रति तयार गरी वेबसाइटमा राख्ने, प्रदेश र स्थानीय तहले समन्वय गरी त्यस्ता सामग्री छपाई गरी विद्यालयलाई उपलब्ध गराउने र स्थानीय तहले अभ्यास पुस्तिकाहरु छपाई गरी वितरण गर्ने निर्देशिकामा उल्लेख गरिएको जनाइएको छ।
प्रदेश स्थानीय तह वा विद्यालयबाट अभ्यास पुस्तिका वा अन्य शैक्षिक सामग्री विकास तथा छपाई गरी विद्यार्थीलाई सहज रुपमा उपलब्ध गराउने भनिएको छ। त्यस्तै सामुदायमा रहेका वा रहने सिकाई केन्द्र वा विद्यालयमा एक् आपसमा भौतिक दुरी कायम गरी बसाई व्यवस्था मिलाई पाठ्यपुस्तक स्व अध्ययन सामग्री वा छपाई सामग्रीहरु प्रयोग गरी शिक्षक वा स्वयमसेवक मार्फत सिक्ने सिकाउने व्यवस्था प्रविधिको पहुँचमा नरहेका विद्यार्थीको लागि गर्न सकिने बताइएको छ।
त्यस्तै रेडियो वा एफएम रेडियोको पहुँचमा भएका विद्यार्थीका लागि केन्द्रले तयार पारेका सामग्रीहरु केन्द्रिय रेडियो प्रसारण गर्ने र त्यस्ता सामग्री स्थानीय एफएम रेडियोहरुले निशुल्क उपलब्ध गराउने निर्देशिकामा उल्लेख गरिएको छ। प्रदेश र स्थानीय तहले शैक्षिक सामग्रीहरु स्थानीय रेडियो एफएम मार्फत निशुल्क वा न्युनतम सुल्कमा प्रसारण गर्ने व्यवस्था मिलाउने गरी समुहमा वर्गीकरण गरिने बताइएको छ। त्यस्तै सोही किसिमले टेलिभिजनको पहुँचमा रहेका विद्यार्थी र इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीका लागि पनि व्यवस्था गर्न निर्देशिकामा उल्लेख गरिएको छ। विद्यार्थीको रुची अनुसार समुहमा बस्न सकिने समेत निर्देशिकामा उल्लेख गरिएको छ।
निर्देशिका अनुसार असोज १ गते देखि सूचारु गर्नुपर्ने सिकाई प्रक्रियामा स्थानीय तहको विशेष भुमिका रहनेछ। स्थानीय तह, प्रदेश सरकार, शिक्षक, अभिावक र सञ्चार माध्यमहरुको भुमिका निर्देशिकामा स्पष्ट उल्लेख गरिएको छ।
कसको भुमिका के ? निर्देशिकाको पूर्ण पाठ