arrow

उपत्यकामा ६९६ सहित देशभर एक हजार ४५४ संक्रमित थपिए, पाँच जनाको मृत्यु

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित काठमाडौँ उपत्यकाका छन् । 
 
काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८-३८ गरी उपत्यकामा मात्रै ६९६ नयाँ संक्रमित थपिएका छन् । कुल १० हजार ७०१ नमूना परीक्षण गर्दा देशभर आज ४६३ महिला र ९९१ पुरुष गरी एक हजार ४५४ संक्रमित फेला परेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको कूल सङ्ख्या ५१ हजार ९१९ पुगेको छ । 
 
यस्तै रुपन्देहीमा १०२, चितवनमा ७४, कैलालीमा ६७, मोरङमा ४७, सुनसरीमा ४४, नवलपरासी ३५, कपिलवस्तुमा २८, सुर्खेतमा २६, गुल्मीमा २०, बाँकेमा १८, झापामा १४, प्युठानमा १३, पाल्पा, सिरहा र सङ्खुवासभामा १२-१२, रुकुमा पूर्व, कास्की र काभ्रेपलाञ्चोकमा ११-११, सर्लाहीमा सात, डोटी, गोरखा र रौतहटमा छ-छ, दाङमा पाँच, स्याङ्जा र सप्तरीमा चार, रोल्पा र पर्सामा तीन-तीन, कञ्चनपुर, सिन्धुली, सिन्धुपाल्चोक, बारा, महोत्तरी र धनुषामा दुई-दुई, जुम्ला, बर्दिया र धादिङमा एक-एक संक्रमित थपिएका हुन् । 
 
पछिल्लो २४ घण्टामा ९७२ जना कोराना मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कुल संक्रमितमध्ये ७०.६ प्रतिशत अर्थात ३६ हजार ६७२ जना कोरोना मुक्त भएका छन् । आज कुल सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ९२५ छ । तीमध्ये छ हजार ६३४ होम आइसोलेसनमा र आठ हजार २९१ संस्थागत आइसोलेसनमा छन् । क्वारेन्टिनमा रहनेको सङ्ख्या छ हजार ७८ छ । नेपालमा हालसम्म आठ लाख २१ हाजर १८६ नमूनाको पिसिआर परीक्षण गरिएको छ । 
 
सक्रिय संक्रमितमध्ये १७० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा पाँच, प्रदेश २ मा २४, वाग्मती प्रदेशमा १०७, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा ३३, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा एक जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै वाग्मती प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 
 
सुनसरी, सर्लाही, काठमाडौँ, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय संक्रमित उपचारमा रहेका मन्त्रालयले जनाएको छ । यस्तै सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा भने सक्रिय संक्रमित छैनन् । 
 
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रणबाट पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मोरङका ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडौँका ७० र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३२२ पुगेको छ । विश्वभर कोरोना भाइरसका कारण आजसम्म नौ लाख १४ हजार २६६ जनाले ज्यान गुमाएका छन् । दुई करोड ८३ लाख ३५ हजार ६७७ संक्रमितमध्ये दुई करोड तीन लाख ५७ हजार ३९१ निको भएका छन् । 



लोकप्रिय समाचार
नयाँ