arrow

कोरोना केही पनि होइन भन्ने खालका भ्रममा नपर्न मन्त्रालयको आग्रह

logo
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण केही पनि होइन भनेर नबुझ्न आग्रह गरेको छ । मन्त्रालयमा  शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  संक्रमणको जोखिम दिनानुदिन बढिरहेको अवस्थामा केही पनि होइन भन्ने खालका भ्रममा नपर्न आग्रह गरेका हुन् ।

“कोभिड १९ केही पनि होइन भन्ने खालका भ्रम सिर्जना गर्ने, गलत तर्क जम्मा गर्ने र समाजलाई  जोखिम तिर उन्मुख गराउन खालका व्यक्तिले यस रोगको रोकथाम र नियन्त्रणमा चुनौति खडा हुन जान्छ ”, उनले भने , “यस्तो खालका भनाइमा चनाखो भइ दिन हुन र आफ्नो टोल,  छिमेकलाई संक्रमण मुक्त बनाउने अभियानमा लाग्न अनुरोध छ । ”

शुक्रबार उपत्यकामा ६९६ जना सहित देशभरि एक हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनले कोभिड १९ रोगका नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड विरुद्ध नकारात्मक टिप्पणी तथा अभिव्यक्ति समेत कसैले पनि नदिन र सञ्चारमाध्यमले पनि त्यस किसिमका भ्रमहरु प्रचार प्रसार नगर्न अनुरोध गरे ।

प्रवक्ता डा गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मी अहोरात्र खटिरहेकोले सबैलाई जनस्वास्थ्यका न्यूनतम मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे ।



लोकप्रिय समाचार
नयाँ