arrow

किसानले उत्पादन गरेका उपजहरु धुर्कोट गाउँपालिकाले खरिद गरिदिने !

logo
राम भण्डारी
प्रकाशित २०७७ भदौ २६ शुक्रबार
dhurakot-rural.jpg

बुटवल।धुर्कोट गाउँपालिका गुल्मीले धुर्कोटका किसानले उत्पादन गरेका कृषीयोग्य उपज खरिद गर्ने भएको छ।  ग्रामीण भेगका किसानहरुले उत्पादन गरेपनी बजार नपाएका सामाग्रीहरुलाई खरिद गरि किसानहरुलाई हौसला संगै कृषिकर्म गरेको सुखद अनुभूति दिनका लागि यसो गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए।

स्थानिय स्तरमा उत्पादित कृषि उपजहरुलाई यहाँ राम्रो संग प्रयोगमा नल्याउने तथा केही उपजहरु सडेर जाने गरेको अवस्थामा ग्रामीण कृषि उद्यमशिलता बुटवल बिच धुर्कोट गाउँपालिकाले सम्झौता गरेको र ग्रामीण कृषि उद्यमशिलतालेनै उपजहरु लिएर जाने गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले बताए। 

गाउँपालिका भित्रका किसान, कृषि समूह, कृषि फर्महरुबाट उत्पादित कृषि उपजहरु धुर्कोट गाउँपालिकामा रहेको कृषि बिकास शाखाले तोकेको केन्द्रमा लगि संकलन गर्नुहुन समेत गाउँपालिकाले अनुरोध गरेको छ।धुर्कोट गाउँपालिका र आर्थिक समृद्धिको लागि ग्रामिण कृषि उद्यमशिलता बुटवल बिच उक्त समझदारी भएको प्रशासकिय प्रमुख काशीराम पन्थीले बताए। 

कृषी उपजको यस्तो छ बजारमुल्य :-
१) महिला समुहबाट निर्मित तितौरा ३८० रुपैयाँ प्रतिकेजी
२)सिन्की ४०० रुपैयाँ प्रतिकेजी 
३)मुलाको सुकाएका चाना ६० रुपैयाँ प्रतिकेजी 
४)बेसारका सुकाएका चाना २८५ रुपैयाँ प्रतिकेजी
५) कोदो ३७ रुपैयाँ प्रतिकेजी 
६) सोस्ता (बोढी) १५० रुपैयाँ प्रतिकेजी 
७) ग्रेडिङ गरेको मकै ४० रुपैयाँ प्रतिकेजी 
८) खैरो भट्ट ७० रुपैयाँ प्रतिकेजी 
९) सेतो भट्ट ७० रुपैयाँ प्रतिकेजी 
१०) खैरो गहत ९० रुपैयाँ प्रतिकेजीका दरले गाउँपालिकाले खरिद गर्ने भएको हो।



लोकप्रिय समाचार
नयाँ