काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु हुँदैछ । पहिलो दिन शनिबार चार खेलमात्र हुँदैछन् ।
बर्नली र म्यान्चेस्टर युनाइटेड तथा म्यान्चेस्टर सिटी र एस्टन भिल्लाबीचको खेल भने रद्द भएको छ ।
च्याम्पियन लिभरपुलले नवप्रवेशी क्लब लिड्ससँग घरेलु मैदानमा खेल्नेछ । यो खेल राति १०ः४५ बजे सुरु हुनेछ । राति १ः१५ बजे वेष्ट ह्याम युनाइटेड र न्युकासल युनाइटेडबीचको भिडन्त हुनेछ ।