काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन अहिलेसम्मकै बढी थपिएका छन् । दैनिक रेकर्ड तोडिँदै जाँदा शुक्रबार ९७ हजार ६५४ जना थपिएका छन् ।
यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बिहीबार ९६ हजार ७६० जना संक्रमित थपिएका थिए । बुधबार ९५ हजार ५२९ जना संक्रमित थपिएका थिए ।
भारतमा संक्रमित थपिनुमा परीक्षण पनि दैनिक लाखौंको संख्यामा हुनु हो । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४६ लाख ५७ हजार ३७९ पुगेको छ ।
हाल ९ लाख ५७ हजार ७८७ जना सक्रिय संक्रमित भारतमा रहेका छन् ।
शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ८१ हजार ४५५ जनालाई निको भएको छ । एकै दिन निको हुनेको यो सबैभन्दा बढी हो ।
बिहीबार ७० हजार ८९९ जनालाई निको भएको थियो । बुधबार ७३ हजार ५७ जनालाई निको भएको थियो । मंगलबार ७४ हजार ६०७ जनालाई निको भएको थियो ।
हालसम्म ३६ लाख २१ हजार ४३८जना कोरोनामुक्त भएका छन् ।
शुक्रबार १ हजार २०२ जनाको ज्यान गएको छ । बिहीबार १ हजार २१३ जनाको ज्यान गएको गियो । बुधबार १ हजार १६८ जनाको ज्यान गएको थियो । मंगलबार १ हजार १०७ जनाको ज्यान गएको थियो ।
अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७७ हजार ५०६ पुगेको छ ।
भारतमा संक्रमितको संख्या बढे पनि अधिकांश क्षेत्रमा सार्वजनिक यातायात, रेल सेवा एवं हवाई सेवा खुलेको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा १० लाख १५ हजार ६८१ जना संक्रमित हुँदा ज्यान गुमाउने २८ हजार ७२४ पुगेका छन् । त्यहाँ ७ लाख १५ हजार बढीलाई निको भएको छ ।