नेपालगन्ज । बाँकेमा आज एकै दिन ५५ जना कोरोना संक्रमित थपिएका छन् । दिउँसो ४० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा साँझ फेरि १५ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा गरिएको परिक्षणमा पहिलो लटमा ३५ जना र बागेश्वरी डायग्नोष्टिक ल्याबमा गरिएको परिक्षणमा ५ जनामा कोरोना पुष्टि भएको थियो भने भेरीमा दोस्रो लटमा नेपालगञ्जका १३ जना र खजुराका २ जना गरी १५ जनामा कोरोना पुष्टि भएको हो ।
शनिवार मालपोत कार्यालय नेपालगन्जका ८ जना कर्मचारी र ७ जना सेवाग्राही गरी १५ जना, नेपालगन्जका १४ जना, कोहलपुरका ४ जना, राप्तीसोनारी गाउँपालिकाका १ जना, जिल्ला प्रहरी कार्यालय बाँकेका १ जना, भेटेरिनरी कार्यालय नेपालगन्जका १ जना, बर्दिया स्थायी ठेगाना भएका २ तथा दाङ र संखुवासभा ठेगाना भएका १/१ जनामा कोरोना पुष्टि भएको हो ।
योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । हालसम्म ९ सय ८५ जना निको भएका छन् । ८ जनाको भने मृत्यु भइसकेको छ । भेरीमै गरिएको परिक्षणमा बर्दिया ठाकुरबाबाका २ जनामा पनि कोरोना देखिएको छ ।