काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुलले सुखद सुरुवात गरेको छ ।
लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।
घरेलु एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।
सलाह प्रिमियर लिगको नयाँ सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
लिड्सका ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक एक गोल फर्काए ।
घरेलु मैदानमै यसै सिजनबाट बढुवा भएको टिममाथि निकालेको जित भने संघर्षपूर्ण नै रहेको थियो ।
लिड्स १६ वर्षपछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो ।
यस्तो छ अन्य खेलको नतिजा
फुल्हम ०–३ आर्सनल
क्रिस्टल प्यालेस १–० साउथह्याम्पटन
वेष्टह्याम युनाइटेड ०–२ न्युकासल युनाइटेड
अंक तालिका
अंक तालिकामा आर्सनल गोल अन्तरमा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा न्युकासल, तेस्रोमा लिभरपुल र चौथोमा क्रिस्टल रहेको छ ।
आइतबारका खेलहरु
वेष्टब्रोम र लेस्टर सिटी तथा टोटनह्याम हट्सपर र एभर्टन ।