arrow

हरेक दिन भारतले कोरोना संक्रमण र मृत्युमा उछिनिरहेछ अमेरिका र ब्रजिललाई, यस्तो छ तथ्यांक 

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
corona-india-test3.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित बढ्ने क्रम जारी रहेको छ । शनिबार भने केही कमी आएको छ । शनिबार ९४ हजार ४०९ जना संक्रमित थपिए । दैनिक रेकर्ड तोडिँदै जाँदा शुक्रबार ९७ हजार ६५४ जना थपिएका थिए । बिहीबार ९६ हजार ७६० जना संक्रमित थपिएका थिए । बुधबार ९५ हजार ५२९ जना संक्रमित थपिएका थिए । 

भारतमा संक्रमित थपिनुमा परीक्षण पनि दैनिक लाखौंको संख्यामा हुनु हो । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४७ लाख ५१ हजार ७८८ पुगेको छ ।  

हाल ९ लाख ७३ हजार २११ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । 

शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ८१ हजार ४५५ जनालाई निको भएको छ । एकै दिन निको हुनेको यो सबैभन्दा बढी हो । 

शनिबार भने ७७ हजार ८६० जनालाई निको भएको छ । हालसम्म ३६ लाख ९९ हजार २९८ जना कोरोनामुक्त भएका छन् । 

शनिबार १ हजार १११ जनाको ज्यान गएको छ । शुक्रबार १ हजार २०२ जनाको ज्यान गएको छ । बिहीबार १ हजार २१३ जनाको ज्यान गएको गियो । बुधबार १ हजार १६८ जनाको ज्यान गएको थियो । मंगलबार १ हजार १०७ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७८ हजार ६१४ पुगेको छ । 

भारतमा संक्रमितको संख्या बढे पनि अधिकांश क्षेत्रमा सार्वजनिक यातायात, रेल सेवा एवं हवाई सेवा खुलेको छ । 

विश्वभरको हेर्दा 
विश्वभरको तथ्यांक हेर्दा भारतले पछिल्ला केही दिनदेखि मृत्यु, संक्रमितमा शीर्ष स्थानको अमेरिका, तेस्रो स्थानको ब्रजिलसहित सबै देशलाई उछिन्दै गएको छ । 

अहिलसम्म विश्वभर २ करोड ८९ लाख ३० हजार भन्दा बढी संक्रमित हुँदा ९ लाख २४ हजार भन्दा बढीको ज्यान गएको छ । २ करोड ८ लाखलाई निको भएको छ । 

अमेरिकामा शनिबार ३८ हजार ८३७ जना संक्रमित थपिएर ६६ लाख ७६ हजार १५६ पुगेका छन् भने मृतक ७०३ थपिएर १ लाख ९८ हजार १२४ पुगेका छन् । 

ब्रजिलमा ३१ हजार ८८० संक्रमित थपिएर ४३ लाख १५ हजार ८५८ पुगेका छन् । मृतक ८०० थपिएर १ लाख ३१ हजार २७४ पुगेका छन् । 



लोकप्रिय समाचार
नयाँ