arrow

सिन्धुपाल्चोकमा फेरि भयानक पहिरो, कम्तीमा १८ घर पुर्यो, थुप्रै बेपत्ता

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
pahiro-sindhupalchowk1.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरि भयानक पहिरो गएको छ । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजेमा शनिबार राति पहिरो जाँदा कम्तीमा ८ घर तथा भीरखर्कमा कम्तिमा १० घर पुरिएका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले स्थानीय शिक्षक बजीर भण्डारीलाई उधृत गर्दै जनाएअनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । 

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ ।

सभामुख सापकोटा घटनास्थलतर्फ जाँदैछन् । मौसम बिग्रिएका कारण उनी स्थलमार्ग हुँदै घटनास्थल गइरहेको पनि न्यौपानेले बताएका छन् । 

घटनास्थल अरनिको राजमार्गको बसेरीबाट करिब एक घन्टाको दूरीमा पर्छ । 

सिन्धुपाल्चोकका एसपी राजन अधिकारीका अनुसार उद्दारको प्रयास भइरहेको छ । सिन्धुपाल्चोकभर वर्षा भइरहेकाले उद्दारमा कठिनाई भइरहेको पनि उनले जानकारी दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ । 

घटनास्थलबाट एक जना महिलाको शव निकालिएको प्रहरीले जनाएको छ । 

गत असार २४ गते बाह्रबिसेकै भोटेकोशीमा आएको बाढीले बगाएर १२ जनाको मृत्यु भएको थियो भने २२ जना बेपत्ता भएका थिए । 

जुगल गाउँपालिकामा साउन ३१ गते आएको पहिरोमा ३७ जनाको मृत्यु भएको थियो । 


 



लोकप्रिय समाचार
नयाँ