काठमाडौं । यूएस ओपन टेनिसको उपाधि जापानिज खेलाडी नाओमी ओसाकाले जितेकी छिन् ।
बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।
आइतबार बिहान भएको खेलमा ओसाकाले पहिलो सेट गुमाए पनि लगातार दुई सेटमा जित निकाल्दै उपाधिमाथि कब्जा गरेकी हुन् । उनले १–६, ६–३ र ६–३ को सेटमा जित निकालिन् ।
यसअघि ओसाकाले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिइन् । उनले फाइनल पुगेका सबै ग्रास्डस्लाम जित्ने कीर्तिमान पनि कायम गरेकी छिन् ।