काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहको स्वास्थ्य थप बिग्रिएको छ । शनिबार राति ११ बजे उनलाई एम्स अस्पतालमा भर्ना गरिएको छ । उनलाई स्वास लिन समस्या भएको बताइएको छ ।
५५ वर्षीय शाह गत २९ अगष्टमा कोरोना भाइरसबाट मुक्त भएका थिए । उनलाई गत १८ अगष्टमा पोष्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो ।
उनलाई २ अगष्टमा कोरोना पोजेटिभ देखिएको थियो । १४ अगष्टमा भने रिपोर्ट नेगेटिभ आएपछि मेदान्त अस्पतालबाट छुट्टी मिलेको थियो ।