arrow

किरियामा बसेर श्रीमानको मृत्युको कारण खोज्दै तुलसीमाया, वडाध्यक्षले धम्क्याएको आरोप

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७७ भदौ २८ आइतबार
ek-bahadur-death.jpg

स्याङ्जा। गल्याङ नगरपालिका ११ जिमुहाका एकबहादुर स्वमैको मृत्यु प्रकरण रहस्यमय बनेको छ । जिमुहास्थित गल्कोट माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा ज्यालादारी रुपले काम गर्दै आएका स्वमैको मृत्यु एकाएक रहस्यमय बनेको हो । मृतक स्वमैकी श्रीमती तुलसीमाया स्वमैले पतिको मृत्यु रहस्यमय रहेको भन्दै खोजी गरिदिन मिडियालाई आग्रह गरेकी छन् ।

विद्यालयको भवन निर्माणमा काम गरिरहेका स्वमै ट्याक्टर दुर्घट्नामा परेर मृत्यू भएको बिषय बाहिर आएपछि उनको मृत्यु रहस्यमय भएको छ । भवनका लागि आवश्यक पर्ने काठ ट्याक्टरमा लिएर आउदै गर्दा ट्याक्टरबाट खसेर घाईते भएका स्वमैले ट्याक्टरबाट खसेर घाईते भएको श्रीमतीलाई सुनाएका थिए ।

ट्याक्टरबाट घाईते भएका श्रीमानको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको आफूलाई जानकारी दिएको उनले बताइन । तर पछि खेतबाट लडेर निधन भएको रिर्पोट बनेपछि भने श्रीमानको मृत्यूमा शंका लागेको उनले दुखेसो गरिन । उनका अनुसार श्रीमानको आँखा झिकिएको र टाउको चिरिएको अवस्थामा आफुले देखेको बताईन् । 

स्वमैको शबलाई पोष्टमार्टम समेत गरिएको छैन । मृतकका परिवारले गल्याङ ११ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकदेव अधिकारीले घट्नालाई लुकाएको आरोप लगाएका छन् । विद्यालयमा निर्माण हुन लागेको भवनको ठेक्का वडा अध्यक्षका छोरा माधव र विनोद अधिकारीले लिएका थिए । दुई लाख दिएर घट्नालाई मिलाउन खोजीएको आरोप मृतकका परिवारको छ । क

घट्नामा जिल्ला प्रहरी कार्यालय पनि बेखर बनेको छ । क्रियामा बसेका परिवारलाई भेट्न गएका गल्याङका पत्रकार भुपराज बस्यालसगँ मृतककी श्रीमतीले मेरो पतिको मृत्यूको छानविनको आवाज उठाईदिन आग्रह गरेपछि यो घट्ना रहस्यमय बनेको छ । क्रियामा बसेका बेला न्याय खोज्न कतै जाने वातावरण मिलेन मृतककी श्रीमती तुलसीले भनिन्,“वडा अध्यक्षले न्यायको सबै निकाय म आफै भएको र कहि गएर न्याय नपाउने भनेर धम्काउने गरेका छन् ।” न्याय पाउने कुनै आधार नभएको भन्दै दुई लाख लिएर मिल्न दवाव दिएका छन् उनले भनिन् ।

पटक पटक रकम लिएर मिल्न आउन दवाव दिन थालेपछि आफ्ना दाजुको मृत्युको छानविनको माग गरेको मृतकका भाई कमल स्वमैले बताए । हामीलाई पैसा होइन दाजुको मृत्युको न्याय हुनुपर्छ । कमलले भने,“मृत्यूलाई पैसासँग दाजेर न्याय लुकाउन पाईदैन ।”  घटनाको छानविन हुनु पर्छ भन्दै यसमा वडा अध्यक्ष दोषी रहेकैले मिल्न दवाव दिएको उनले बताए । लु २ च ७५७७ नम्वरको ट्याक्टरबाट उनी लडेको परिवारको भनाई छ ।

यस बिषयमा वडा अध्यक्ष शंकरदेव अधिकारीलाई फोनबाट घट्नाको बारेमा बुझ्ने प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । घट्नाको सत्यतथ्य छानविन गरि बाहिर ल्याउन स्थानीयले पनि माग गरेका छन् । घट्ना भदौ २२ गते दिउसो भएको परिवारले बताएको छ। 



लोकप्रिय समाचार
नयाँ