काठमाडौं । बेलायतमा कोरोना भाइरसको अर्को चरण सुरु भएर दुःख दिन थालेपछि सरकारले कडा नियम लागु गरेको छ । उक्त नियम सोमबारदेखि लागु हुनेछ ।
उक्त नियम लागु हुनुअघि मानिसहरु जमघटमा व्यस्त भए भने मिलेर ‘अन्तिम हुर्रे’ गर्न भ्याएका छन् ।
कोरोना भाइरसको नयाँ नियम लाग्नुअघि लन्डन, म्यान्चेस्टर र नटिङघममा नयाँ नियम लागु गरिएको हो ।
उक्तनियम अनुसार समूहमा रहन प्रतिवन्ध लगाइएको छ । छ जनाभन्दा बढी जमघट भएको पाइए ३ हजार २ सय पाउन्डसम्म जरिवाना तिर्नुपर्नेछ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नियम कडाइका पालना गर्नुपर्ने र कसैले उल्लंघन गरे कडा कार्वाही गर्ने बताएका छन् ।
त्यसकारण शुक्रबार र शनिबार ब्यापक रुपले युवाहरुले खुशीयाली मनाएका छन् । बियर गार्डेनमा निकै नै भीडभाड देखिउको थियो ।
सोमबारदेखि बेलायतमा लकडाउन लाग्दैछ । विद्यालय, काम गर्ने स्थान र सीमित स्थानमा मात्र छुट दिइने पनि सरकारले जनाएको छ ।
स्वास्थ्य मन्त्री माट ह्यानककले महामारी नसकिएको भन्दै यसलाई नियन्त्रण गर्नका लागि पनि कडाइ गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
बेलायतमा कोरोनाका ३ लाख ६५ हजार १७४ जना कोरोना संक्रमित भएकामा ४१ हजार ६२३ को ज्यान गएको छ ।
शनिबारमात्रै त्यहाँ ३ हजार ४९७ जना संक्रमित थपिएका थिए भने ९ को ज्यान गएको थियो ।