arrow

सुखौरा वन हेरालुलाई दिइएन पारिश्रमिक, अध्यक्ष भन्छन् -आम्दानी छैन कसरी दिउँ (भिडियो)

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ २८ आइतबार
ban-heralu.JPG

रुपन्देही । काम गरेपछि दैनिक अथवा मासिक, सम्झौता अनुसार कुनै पनि व्यक्तिले पारिश्रमिक पाउनु पर्ने अन्तर्राष्ट्रिय श्रम अनुसार नै रहेको छ । महिनाभरी काम गर्ने तर पारिश्रमिक नपाउँदा जो कोहीलाई पनि सायद काम गर्न ईच्छा जाग्दैन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका वेला घाँटी सुक्ने गरी भाषण गर्नेहरुले सोही नियमलाई उल्घंन गर्दै दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरुलाई गर्ने भेद्भाव र शोषण अझै कायमै रहेको छ । दिवसलाई तामझाम अर्थात् औपचारिक कार्यक्रम गरेर मनाईए पनि तर विडम्वना, श्रमिकका दुख भने ज्यू को त्यूँ रहेको पाईएको छ ।

यस्तै समस्यामा परेका छन् तिलोत्तमा नगरपालिका वडा नं. ११ का हरि वहादुर कुमाल । उने स्थानिय सुखौरा सामुदायि हरियाली सामुदायिक वन उपभोक्ता समुहमा २०७३ साल जेठ २ गते नियुक्ति भएर डेढ वर्ष काम गरे, तर उनले काम गर्दा सम्म मासिक पारिश्रमिक पाएनन्, मात्रै काम गरे ।

उनका अनुसार डेढ वर्ष सम्म पनि काम गर्दा आफुले महिना कहिले वित्छ र पारिश्रमिक पाईन्छ भन्दै, दिन गरेर वसेपनि पारिश्रमिक नपाएको वताए । काम मात्रै जिम्मेवारी दिने तर पारिश्रमिक दिनेमा भने कहिल्यै नवोल्ने भएकाले आफुले डेढ वर्ष काम गर्दा एक रुपैयाँ समेत नपाएपछि अन्ततः काम छोड्न वाध्य भएको वन हेरालु कुमालको भनाई छ ।

उनले अहिले काम छोडेको ३ वर्ष वितिसक्यो । मासिक ७ हजार पारिश्रमिक, प्रोत्साहन भत्ता १ हजार र फोन खर्च भन्दै जम्मा ९ हजार रुपैयाँ नियुक्ति पत्रमा उल्लेख गरिएको छ । जस अनुसार १ वर्ष ६ महिनाको १ लाख ६२ हजार रुपैयाँ हुन आउँछ । धेरै पटक भन्दा सो वनका अध्यक्ष वेद गिरीले गएको स्थानिय निकायको निर्वाचनका वेला ४० हजार रुपैयाँ मात्रै दिएको वताउँदै वन हेरालु कुमालले अझै वाँकी १ लाख २२ हजार रुपैयाँ पाउनु पर्ने वताए । (हाम्रा कुरा) संगको कुराकानीमा वन हेरालु कुमालले कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको लकडाउनले आयस्रोत केही नहुँदा थप समस्यामा दिन विताउन वाध्य भएको दुखेसो पोखे ।

सो विषयमा वुझ्दा वनका अध्यक्ष वेद गिरीको एक मात्रै भनाई छ । सामुदायिक वनमा आम्दानी छैन्, कसरी उनलाई पारिश्रमिक दिउँ । काम गराउँदा सम्म गराएर एउटा श्रमिकको ज्याला मजदुरीलाई रोक्न पाईने व्यवस्था श्रम ऐन अनुसार नपाईने उल्लेख गरिएको छ । जसका कारण सुखौरा सामुदायिक हरियाली सामुदायिक वन उपभोक्ता समुह सामु वन हेरालु कुमाल निरिह वन्न पुगेका छन् ।

उक्त विषयमा स्थानिय तह तिलोत्तमा नगरपालिका वेखवर जस्तै छ । अन्य जिल्ला वन कार्यालय लगायत निकायहरु पनि वेखवर जस्तै पारिश्रमिक पाउनु पर्छ, रोक्नु हुँदैन् भन्ने वारेमा आवाज निकालेको उनी वताउँछन् । 

रुपन्देही स्थित साविकको मक्रहर गाविस वडा नं.१ र ९, नियुक्ति पत्रमा उल्लेखित हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१३–१६ मा पर्ने सुखौरा हरियाली सामुदायिक वन उपभोक्ता समूहमा कार्यरत वन हेरालु हरि वहादुर कुमाल तिलोत्तमा नगरपालिका वडा नं.११ का स्थानियवासी हुन् ।



लोकप्रिय समाचार
नयाँ