नेपालगन्ज । भूमिसुधार तथा मालपोत कार्यालय बाँके चार दिन बन्द भएको छ । कार्यालयले आइतबार सूचना निकालेर कार्यालयबाट प्रदान गरिने सबै सेवा भदौ ३१ गते सम्मका लागि बन्द गरिएको जनाएको छ ।
प्रमुख मालपोत अधिकृत प्रेम बहादुर दौल्यालले सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सबै सेवा भदौ ३१ गते सम्मका लागि बन्द गरिएको जानकारी गराएका छन् ।
कार्यालयका १४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कोभिड-१९ को जोखिमलाई नियन्त्रण गर्नका लागि आइतबारदेखि ३१ गतेसम्मका लागि कार्यालय बन्द गर्नुपरेको जनाइएको छ ।