arrow

५ वर्षिय सुजन बमलाई ब्लड क्यान्सर, सहयोगको अपिल

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
sujan-bam.PNG

डोटी । ब्लड क्यान्सर ग्रसित डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ बल्लेकाँडा घर भएका ५ वर्षका सुजन बमको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।  विगत ३ वर्षदेखि काठ्माण्डौंको महाराजगन्ज स्थित कान्ति बाल अस्पतालमा उपचाररत सुजनको आर्थिक अभावले उपचारमा समस्या भएपछि परिवारले सहयोगको अपिल गरेका थिए ।

सुजनका बुबाको अपिल पछि सामाजिक सञ्जाल मार्फत थालिएको अभियानले केही फराकिलो स्थापन पाएको ‘सुजनको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान’ का अभियन्ता तारा प्रकाश बमले बताए । उनले देश तथा विदेशमा रहेका मनकारी दाताहरूबाट सोचे भन्दा राम्रो आर्थिक सहयोग प्राप्त भइरहेको बताए ।

‘तीन वर्षसम्म उपचार गराउँदा परिवारबाट आर्थिक जोहो मिलाउन धौ धौ परेपछि सहयोगको अपिल गरेका थियौँ ।’ सुजनका बुबा गणेश बमले भने, ‘हाम्रो अपिललाई स्वीकार गरी बाबुको उपचारमा केही मनकारी व्यक्तिहरूबाट आर्थिक सहयोग सङ्कलनले उपचार सम्भव हुने आशा जगाएको छ ।’ ब्लड क्यान्सरबाट पीडित भएका उनी विगत ३ वर्षदेखि काठ्माण्डौंको महाराजगन्ज स्थित कान्ति बाल अस्पतालमा उपचाररत छन् ।

सुजनका परिवारले आफन्त, छरछिमेकबाट रकम सङ्कलन गरेर तीन वर्षसम्म उपचार गराए पनि अब आर्थिक सङ्कट आइपरेको बताए । उनले छोराको जीवन रक्षाका लागि सबैलाई सहयोग गरिदिन समेत अपिल गरेका छन् । सहयोगका लागि  ब्लड क्यान्सर पिडितका बुवा गणेश बहादुर बमको नाममा रहेको राष्ट्रिय बाणिज्य बैङ्कको खाता नम्बर ४१०००१३८०११० रहेको छ ।

सुजन बमको लागि आइतबार सम्म उठेको सहयोग रकम।

१. शुशीला बस्याल (क्षेत्रपाटी काठमाडौं ) बाट  रु ५०,००० ।  पचास हजार 
२. कविता शाह (हङकङ ) बाट  रु १०,००० । दश हजार
३.  कृष्ण कंडेल (इन्द्रेणी) बाट  रु १०,००० । दश हजार 
४.  मिन चन्द (धनगढी) बाट  रु १०,००० । दस हजार 
५. सुदर्शन शाह ठकुरी (बहराइन) बाट  रु ५,७१६ । पाँच हजार सात सय सोह्र 
६. भिम ब चन्द (काठमाडौं) बाट  रु ५,००० । पाँच हजार 
७. राजेश अग्रवाल (काठमाडौं) बाट  रु ५,००० ।  पाँच हजार 
८.  प्रलाद अधिकारी (ललितपुर) बाट  रु ५,००० । पाँच  हजार 
९. एकेन्द्र शाही (मलेसिया) बाट  रु ३,००७. ८० । तीन हजार सात रुपैयाँ असी पैसा 
१०. सन्देश पुडासैनी (काठमाडौं) बाट  रु ३,००० । तीन हजार 
११. छघण्छडछठ (बाट)  रु ३,००० । तीन हजार 
१२. अन्जु सिंह ठकुरी (कंचनपुर) बाट  रु २,५१५ । दुई हजार पाँच सय पन्ध्र 
१३.  खुमसेन ठकुरी (मलेसिया) बाट रु २,५०२ । दुई हजार पाँच सय दुई 
१४ . संगीता मल्ल (पोखरा) बाट  रु २,३०० । दुई हजार तीन सय
१५ . विश्वनाथ पाठक (डोटी) बाट  रु २,००० । दुई हजार 
१६ . पूजा मल्ल (बागलुङ) बाट  रु २,००० । दुई हजार 
१७.  पदम ब बम (पन्जाब) बाट  रु २,००० । दुई हजार 
१८ . प्रेम शाही (कैलाली) बाट  रु २,००० । दुई हजार 
१९ . गौरी नारायण ठाकुर (कतार) बाट  रु २,००० । दुई हजार
२० . भुमिराज उपाध्याय )बाजुरा)  बाट  रु २,००० । दुई हजार 
२१ . अनिल बस्नेत (काठमाडौं) बाट रु १,५०० । एक हजार पाँच सय 
२२ . बिष्णु बोगटी ९शंखमूल काठमाडौं० बाट  रु १,१६० । एक हजार एक सय साठी
२३.  सान्तु खाड स्याङ्जा बाट २,५२५ (दुई हजार पाँच सय पच्चीस 
२४  ५०५६८७ बाट १,००० । एक हजार 

आइतबारसम्म  एक लाख तेत्तीस हजार पाँच सय तीस रुपैयाँ असी पैसा जम्मा भएको जनाएको छ। माथि उल्लेखित सहयोग रकममा भारतवाट  उठेको पैसा समाबेश नगरिएको बताइएको छ।अहिलेसम्म सम्म प्रतक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने मनकारि दाताहरुलाइ क्यान्सर पीडितका बुवा बमले धन्यवाद व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ