arrow

नेपाल भारत महिला मैत्री समाजमार्फत भारतीय दुतावासले गर्‍यो सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २८ आइतबार
indian-support-nepal-india-.jpg

काठमाडौं। नेपालस्थित भारतीय दुतावासले नेपालका नेपालका विभिन्न जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गर्नेगरि नेपाल भारत महिला मैत्री समाजलाई राहत सामग्री हस्तान्तरण गरेको छ। 

भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरेकी हुन् । 

राहत सामग्रीमा टेन्ट तथा त्रिपाल लगायतका सामग्रीहरु रहेको छ । नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई सो राहत सामग्री वितरण गरिनेछ ।

बाढी र पहिरोले विनाश पुर्‍याएका प्रदेश नम्बर २ को सर्लाही र महोत्तरी, ३ को सिन्धुपाल्चोक, ५ को नवलपरासी र ७ को कैलाली जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी राहत सामग्रीहरु वितरण गर्ने नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष  चन्दा चौधरीले जानकारी दिइन।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



लोकप्रिय समाचार
नयाँ