arrow

ब्यारेकमा रहेका २७ सेनामा कोरोना

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
nepal-army-new.jpg.jpeg

धादिङ । श्री नं ६ बाहिनी अड्डा (सेनाको ब्यारेक)मा कार्यरत २७ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको बैरेनीमा रहेकोसेनाको ब्यारेकमा कार्यरत २७ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो । सेनामा कोरोना संक्रमण पुष्टि भएपछि ब्यारेकबाट बाहिर जान रोकिएको छ । यसअघि सो ब्यारेकका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

साथै जिल्लामा आइतबार ३१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । त्रिपुरासुन्दरी गाउँपलिकामा तीन र गल्छी गाउँपलिकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

गल्छीका २१ वर्षका तीन, २० वर्षका चार, ३० वर्षका तीन, ३५ वर्षका चार, १९ वर्षका दुई, ३४ वर्षका दुई, २७ वर्षका दुई, ३३ वर्षका दुई, ३६ वर्षका दुई, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले जानकारी दिए ।
 
गल्छीका २८ जना कोरोना संक्रमण भएकामध्ये सेनाको ब्यारेकमा कार्यरत २७ र एकजना गल्छी–६ निवासी रहेको ज्ञवालीले बताए । उनीहरुको कन्ट्याक ट्रसिङको आधारमा गरिएको परीक्षणमा धेरै जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी त्रिपुरासुन्दरी–२ का ४६ र ३६ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिए ।
 
त्रिपुरासुन्दरीबाट ४३ जनाको स्वाब कोरोना परीक्षणका लागि पठाइएकामा आठ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । आठमध्ये तीनजना नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको हो भने पाँचजना यसअघि नै कोरोना परीक्षण गर्दा पोजिटिभ आएका र १४ दिनपछि पुनः परीक्षणका लागि पठाउँदा पोजिटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताए । 

त्रिपुरासुन्दरी गाउँपालिका तीनजना नयाँसहित २१ जना कोरोना संक्रमित आइसोलेसनमा राखेर उपचार गरिरहेको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरु कसैलाई पनि लक्षण नदेखिएको र सबैलाई आइसोलेसनमा राखिएको धादिङ स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ ।



लोकप्रिय समाचार
नयाँ