arrow

मकवानपुरका सरकारी कार्यालय खुले

logo
प्रकाशित २०७७ भदौ २८ आइतबार
Makwanpur-hamrakura.jpg.jpeg

मकवानपुर । जिल्लाका स्थानीय निकायहरु र विभिन्न सरकारी कार्यालयले सामाजिक दुरी कायम गर्दै आइतबारदेखि सेवा प्रवाह गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लामो समयदेखि जारी लकडाउन र निषेधाज्ञा हटाइएपछि जिल्लाको स्थानीय निकाय र विभिन्न सरकारी कार्यालयले सर्वसाधारणलाई सेवा दिन थालेका हुन् ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणलाई मध्येनजर गर्दै यहाँका कार्यालयले जग्गा रजिस्ट्रेसन र नामसारी तथा विद्युत महसुलको काउन्डर खुल्ला गरिनुको साथै जिल्ला प्रशासनमा आएका नागरिकलाई नागरिकता र राहदानीका लागि निदेवन लिन थालेको प्रजिअ दीपकराज नेपालले बताए ।

यसैगरी, मकवानपुरको ८ वटा गाउँपालिका, थाहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा नागरिकता र जग्गा नामसारिको सिफारिस, घर–जग्गाको मालपोत कर असुली र वैदेशिक रोजगारीको लागि जाने व्यक्तिको लागि सिफारिससमेत आइतबारदेखि दिन शुरु गरेको छ । 



लोकप्रिय समाचार
नयाँ