काठमाडौं । सिन्धुपाल्चोकमा यो वर्ष गएको पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । तीन महिनामा तीन ठूला पहिरो गएकाले कम्तीमा ६७ जनाको ज्यान गएको छ भने चार दर्जन बेपत्ता रहेका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यस वर्ष अत्यधिक वर्षा भएकाले र २०७२ सालको भूकम्प भएका कारणले गर्दा थिलोथिलो भएको जग्गालाई असर पारेको हो ।
बाह्रबिसे र जुगलमा गरी तीन पटक गएका ठूला पहिरोमा परी यतिधेरैको संख्यामा ज्यान गएको हो ।
शनिबार राति बाह्रबिसे ७ घुम्थाङमा गएको पहिरोमा परी पुरिएकामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ भने २० जना अझै बेपत्ता रहेका छन् ।
राहत र उद्दारमा पनि खटिएको उनले बताएका छन् । मौसम र ठूला ढुङ्गा भएका कारणले उद्दारमा कठिनाइ भएको छ ।
नदीमै बगाएको हुन सक्ने समेत बताइएको छ । सोमबारदेखि स्काभेटरको प्रयोग गरिने प्रहरीले सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए ।
भूकम्पले थिलोथिलो भएको स्थानलाई स्थानान्तरण गर्नका लागि कठिन भएको प्रजिअ ढकालले बताएका छन् ।
उनले सिन्धुपाल्चोकमा थुप्रै वस्ती धरापमा रहेको भन्दै यो निकै कठिन कार्य भएको समेत उनले बताएका छन् ।