काठमाडौं । यूएस ओपन टेनिसको पुरुषतर्फको उपाधि अष्ट्रियन खेलाडी डोमिनिक थिएमले जितेका छन् ।
सोमबार बिहान भएको फाइनल खेलमा एलेक्जेन्डर जेरेभलाई पराजित गर्दै थिएमले पहिलो ग्राण्डस्लाम उपाधि जितेका हुन् ।
दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउँदै थिएमले पहिलो ग्रान्डस्लाम जितेका हुन् । उनले २–६, ४–६, ६–४, ६–३ र ७–६ को सेटमा जित निकाले ।
थिएम सन् २००४ को फ्रेन्च ओपनमा अर्जेन्टाइन खेलाडी गेस्टन गाडियापछि दुई सेट गुमाएर फाइनल जित्ने पहिलो खेलाडी बनेका छन् ।
महिलातर्फको उपाधि भने जापानी खेलाडी नाओमी ओसाकाले जितेकी थिइन् ।