काठमाडौं । भारतीय संसदमा मनसुन सत्र शुरु भएको छ । कोरोना भाइरसको महामारीबचि १७ औं लोकसभाको चौथो सत्र शुरु भएको हो ।
सोमबार बिहान ९ः१५ बजे लोकसभाका कार्वाही शुरु भएको हो । सदनले पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई श्रद्धाञ्जली दिएको छ ।
त्यस्तै राज्यसभा ३ बजे शुरु हुनेछ । पहिलो दिन राज्यसभामा उपसभापति पदको चुनाव हुनेछ ।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले जबसम्म कोरोनाको औषधि बन्दैन तबसम्म काममा कुनै ढिलाइ नगर्न आग्रह गरेका छन् ।
उनले भने, ‘हाम्रो सेना सीमामा खडा रहेको छ । संसदबाट एक भाव, एक स्वरमा आवाज निकाल्दै पूरै देश र सदन उनीहरुको साथमा रहेको बताउनु जरुरी छ ।’
उनले मुस्किलको घडीमा संसद शुरु भइरहेको भन्दै एकातिर कोरोना र अर्कातिर कर्तव्य रहेको भन्दै सबैलाई सचेत गराए । सांसदहरुले कर्तव्यको मार्ग चुनेको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।