काठमाडौं । अमेरिकामा कोरोना भाइरसको भ्याक्सिनको तेस्रो चरणको ट्रायल सुरु हुने भएको छ । अमेरिकी दुई कम्पनीले म्याक्सिनको तेस्रो चरणको ट्रायल सुरु गर्ने घोषणा गरेका हुन् ।
फाइजर र बायोएनटेक फर्मा कम्पनीले तत्कालै अर्को चरणको परीक्षण गर्न लागेका हुन् ।
तेस्रो चरणमा ४४ हजार मानिसलाई उक्त भ्याक्सिन लगाइने छ । कम्पनीले पहिलो चरणमा ३० हजारलाई भ्याक्सिन लगाउने लक्ष्य राखेको जनाएको थियो ।
विश्वभर अहिलेसम्म २ करोड ९१ लाख ८५ हजार ७७९ जनालाई कोरोना संक्रमण भएको छ । जसमा ९ लाख २८ हजार २९० जनाको ज्यान गइसकेको छ ।
अमेरिकामा मात्र ६७ लाख ८ हजार ४५८ जना संक्रमित रहेका छन् । १ लाख ९८ हजार ५२० जनाको ज्यान गइसकेको छ ।