सैफअली खानकी छोरी साराको ड्रग्स प्रकरणमा अर्को खुलासा
प्रकाशित २०७७ भदौ २९ सोमबार
151
Shares
काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्ती अभिनेता सुशान्त सिंह मृत्यु प्रकरण छानविनका क्रममा हिरासतमा छिन्। सुशान्त सिंहकी गर्लफ्रेन्ड रिया चक्रवर्ती लागुपदार्थको कारोबार र खपतको आरोपमा हिरासतमा रहेकी हुन्।
केहि दिन अघि नार्कोटीस कन्ट्रोल ब्युरो (एनसीबी) ले उनलाई पक्राउ गरेको थियो। अर्कोतर्फ रिया चक्रवर्तीले लिएका २५ नाममध्ये ५ जनाको नाम नार्कोटीस कन्ट्रोल ब्युरो स्रोतलाई हवाला दिदै कतिपय भारतीय मिडियाले सार्वजनिक गरेका थिए । जसमा बलिउड अभिनेता सैफअली खानकी छोरी सारा अली खान, रकुल प्रीत सिंह र डिजाइनर साइमन खम्बाटाको नाम पनि सामेल रहेको बताइएको थियो।
यससँगै तीनै जना सारा अली खान, रकुल प्रीत सिंह र साइमन खम्बाटाको तस्वीरहरु भाइरल भइरहेको छ। रिया चक्रवर्तीले सोधपुछको क्रममा ड्रग्स प्रयोगकर्तामा सारा अली खान, रकुल प्रीत सिंह, सिमोन खम्भाता, रोहिणी अय्यर र मुकेश छाबरा लगायत २५ सेलिब्रेटीहरूले ड्रग्स लिने गरेको भनिएको थियो ।
तर नार्कोटीस कन्ट्रोल ब्युरोले सैफ पुत्री सारा लगायत अन्य बलिउड सेलिब्रेटीको नाम नरहेको बताएको छ । नार्कोटीस कन्ट्रोल ब्युरोका सहायक निर्देशक केपीएस मल्होत्राले सूचीमा कुनै बलिउड सेलिब्रेटीको नाम नरहेको स्पष्ट पारेका छन् ।
लागुपदार्थ प्रयोगकर्तामा रियाले सारा अली खान, रकुल प्रीत र सिमोनलगायत कुनै बलिउड सेलिब्रिटीको नाम लिएकी छन् भन्ने प्रश्नमा सहायक निर्देशक केपीएस मल्होत्राले रिया चक्रवर्तीले त्यस्तो कुनै नाम नलिएको बताएका छन् । उनले सारा अली खान लगायतको नाम उल्लेख नै नभएको भन्दै सो सुचीमा नरहेको बताए ।
केपीएस मल्होत्राले भने पक्राउ परेका ६ आरोपीको नाम करमजीत सिंह आनन्द, ड्वेन फर्नांडिस, संकेत पटेल, अंकुश अनेरजा, सन्दीप गुप्ता र अफताब फतेह अन्सारी रहेको बताए। आरोपीलाई सोमबार भिडियो कन्फरेन्सिंगको माध्यमबाट मुम्बईमा न्यनयधिश अघि पेश गरिनेछ।
सुशांत सिंह राजपूत मृत्यु प्रकरणमा रिया चक्रवर्तीलाई भने लागुपदार्थको आपूर्ति र लागुपदार्थ सेवनको आरोपमा पक्राउ गरिएको छ। उनी १४ दिन जेलमा रहनेछन्। उनी हाल मुम्बईको भायखला जेलमा रहेकी छन्।
सैफ अलि खानकी छोरी सारा अलि खान २०१८ मा केदारनाथ फिल्ममा सुशान्त सिंहसँग काम गरेकी थिइन । सारा सुशान्त सिंहको साथी रहेको र उनको थाइल्याण्ड ट्रीपमा समेत रहेको स्वयं रियाले बताएकी थिइन । सुशान्तको साथी रहेकी सारा पछि रिया सहितको ड्रग्स लिने साथी समेत रहेको नार्कोटीस कन्ट्रोल ब्युरोलाई दिएको बयानलाई उदृत गर्दै भारतीय मिडियाहरुले लेखेका थिए।