रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१३ मा रहेको टाईगर वान प्राली (प्यालेस) मा विगत १ वर्षदेखि सो प्रालीको क्यासिनोको जनरल म्यानेजर अस्ट्रेलियन नागरिक केविन जोन उईलरोक्स नेपालको कानुन विपरित वर्क परमिट समेत नलिएर काम गर्दै आएको तथ्य फेला परेको छ ।
केही दिन अगाडि स्थानिय ३ सय ९३ जना कर्मचारी तथा कामदारहरुलाई निकालेको टाईगर वान प्राली (प्यालेस)ले वर्क परमिट समेत नभएका विदेशीलाई भने काममा कायमै राखेको छI कुनै पनि व्यक्तिले अर्काे देशमा गएर काम गर्नका लागि लिईने वर्कपरमिट चाहिन्छ । तर प्यालेसले भने त्यसो नगरी प्रचलित कानुन विपरित गएर राजस्व छली गरेको पाइएको हो ।
यसैविच सो विषयमा सोमवार नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ प्रतिष्ठान स्तरको ट्रेड युनियन, एस एच एल म्योनजमेन्ट सर्भिसेस (केटिएम) प्राली आधिकारिक युनियन उपकमिटी भैरहवाले जिल्लास्थित जिल्ला प्रशासान कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय रुपन्देही, अध्यागन कार्यालय भैरहवा रुपन्देही, श्रम कार्यालय बुटवल र तिलोत्तमा नगरपालिकाको कार्यालय मणिग्राम रुपन्देहीमा आवश्यक छानविन गरी पाउँ भनी निवेदन दिएको सयुक्त संघर्ष समितिका संयोजक चित्र भण्डारीले जानकारी दिएका छन् ।
सोमवार पनि समितिले टाईगर वान प्राली (प्यालेस) अगाडी गेटमा पुर्नवहाली गर, हामीलाई न्याय चाहियो लगायतका नारावाजी गर्दै धर्ना दिएका छन् ।
यो पनि पढ्नुस् :