डोटी । सेती नदिमा बगेर एक महिला वेपत्ता भएकी छन् । सोमबार शिखर नगरपालिका - ६ कोट बस्ने अन्दाजी ३२ वर्षकी तुलसी बलायर गाउँ नजिकै सेती नदिमा बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।
बिहान ९:३० बजेतिर सेती नदिमा एक लिटरको बोतल लगेर पानी लिन गएको बेला चिप्लिएर नदिमा खस्दा बेपत्ता भएको प्रहरी निरीक्षक बोहराले हाम्राकुरालाइ जानकारी दिए।
बेपत्ता महिलालाई दिउँसो सालमुनि नजिक रहेको झोलुङ्गे पुल तल बगेको स्थानीयले देखेर हामीलाई खबर पश्चात त्यहाँ पुग्दा नभेटाएको उनको खोजी कार्यकामा सहभागी तिल्ताली प्रहरी चौकीका असई रघुनाथ ओझा जानकारी दिए। अहिले प्रहरी , स्थानीय बासीहरुले बेपत्ता महिलाको खोजी कार्य जारी राखेको जनाईएको छ ।