काठमाडौं । कोरोना भाइरसबाट प्रभावित भारतीय राज्यमध्ये बिहार पनि पर्छ । बिहारसँग नेपालको खुला सीमा भएका कारणले गर्दा पनि संक्रमितहरु नेपालमा पनि बढेका छन् ।
तर जसरी खुला सीमा भएका नेपालका जिल्लामा संक्रमित बढेका थिए अहिले भने कम देखिएको छ । बिहारमा पनि संक्रमितहरु कम हुँदै गएका छन् ।
सोमबार १ हजार १३७ जना संक्रमित थपिँदा १ हजार ९६६ जनालाई निको भएको छ । अर्थात् निको हुने दर बढी रहेको छ । १ लाख ५९ हजार ५२६ जना संक्रमिमत रहेकामा अहिले १३ हजार ६७५ जनामात्र सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमितको संख्या नेपालको भन्दा कम रहेको छ । अहिलेसम्म १ लाख ४५ हजार १९ जनालाई निको भएको छ ।
सोमबार ९ जनाको ज्यान गयो । अहिलेसम्म ८३१ जनाको ज्यान बिहारमा गइसकेको छ । बिहारमा ४९ लाख ८६ हजार ७४७ जनाको परीक्षण भएको छ ।
सबैभन्दा बढी प्रभावित पटनामा २४ हजार १९० जना संक्रमित हुँदा १८८ को ज्यान गइसकेको छ ।