arrow

पाँचकिलोमा पहिरोः आठ घरमा क्षति, चार सवारी साधन बगायो

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
pahiro-final.jpg

मुग्लिन । पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै सोमबार राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।

पहिराले दुई मोटरसाइकल, एक–एक म्याजिक भ्यान र बलेरोमा पनि क्षति पुर्याएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिए । 

वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको उनले जानकारी दिए । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।
 
पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ । 

पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ