काठमाडौं । भारत सरकारले प्याज निर्यात रोकेसँगै त्यसको असर नेपालमा देखिन थालेको छ ।
भारतले प्याज निर्यात सम्बन्धि नीति पारिमार्जन गर्दै सोमबार देखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।
भारतीय बजारमा प्याजको अभाव हुन थालेको भन्दै आपूर्ति व्यवस्था सहज बनाउन सबै किसिमका प्याज निर्यातमा प्रतिबन्ध लगाएको बताएको छ ।
भारतीय प्रतिबन्धपछि नेपालमा प्याजको आयात रोकिने भएको हो ।
नेपालमा अधिकांश प्याज भारतबाटै आयात हुने भएकाले प्रतिबन्धको भोलीपल्ट (मंगलबार) देखि नै त्यसको असर नेपाली बजारमा प्याजको मूल्यमा देखिन थालेको हो ।
भारतबाट आयात भएको प्याजको ठुलो हिस्सा काठमाडौंको कालीमाटी फलफुल तथा तरकारी बजारमार्फत बिक्री हुने गरेको छ ।
कालीमाटी बजारमा एकैदिनमा प्याजको मूल्य बढेसँगै भारतले निर्यात रोकेको असरको रुपमा बुझिएको छ ।
कालीमाटी फलफुल तथा तरकारी बजारमा प्याजको मूल्य एकै दिनमा १५ रुपैयाँ प्रतिकिलोका दरले बढेको छ ।
सोमबार प्रतिकेलो ६० रुपैयाँ रहेको भारतीय सुकेको प्याज मंगलबार प्रतिकिलो ७५ रुपैयाँ कायम भएको छ ।
सोमबार मात्रै प्रतिबन्ध गरेकाले त्यसको असर भविष्यमा झन पर्ने आँकलन गरिएको छ । भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा आयात रोकिएपछि प्याजको मूल्य झन बढ्दै जाने छ ।
भारतले यसअघि गत वर्ष कार्तिकमा पनि प्याजको निर्यातमा रोक लगाएको थियो । सोसँगै नेपाली बजारमा प्याजको खुद्रा मूल्य २ सय ५० रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो ।
नेपालमा प्याजको कालोबजारी नै सुरु भएको थियो ।
नेपालमा भारतबाट प्याजको आयात वार्षिक ३ रुपैयाँ बढीको हुने गरेको छ ।