arrow

कपूर परिवारका छोरीको बर्षौंदेखिको पानी बाराबार, ऋषि कपूरको मृत्युपछि मत्थर

logo
प्रकाशित २०७७ भदौ ३० मंगलबार
karishma-ranbir.jpg

काठमाडौं । दिवंगत अभिनेता ऋषि कपूरकी छोरी रिद्धिमा कपूर सधैं फिल्म जगतबाट टाढा रहन्छिन् । सुन्दर भएपनि उनले बलिउड भन्दा व्यापारलाई छनौट गरिन्। रिद्धिमा कपूर फेसन डिजाईन बाहेक ज्वेलरी पनि डिजाइन गर्छिन्। उसको व्यवसाय निकै ठूलो छ जसबाट उनले करोडौं कमाउँछिन्। 

रिद्धिमा  १५  सेप्टेम्बर १९८० मा भारतको मुम्बइमा जन्मिएकी हुन् । मंगलबार  रिद्धिमाको ४० औं जन्मदिन मनाउँदैछिन्।

करिश्मा कपूर रणधिर कपूरकी छोरी हुन् । ऋषि कपूर रणधिरका भाइ हुन् । करिश्मा र रिद्धिमा, काका बढाउको छोरी भए पनि एक अर्काबिच मनमुटाव हुदै आएको छ । दुवैबिच एक दशकदेखि कुनै बोलचाल छैन । जब दुई एक अर्काको विवाहमा पनि गएनन् तब दुईबीच मनमुटाबको चर्चा चल्यो । जबकि रिद्धिमाका भाई रणबीर आफ्ना दुवै दिदि करिश्मा र करीनासँग निकै नजिक छन् ।

भनिन्छ कि करिश्मा र रिद्धिमाबीचको मनमुटाव उनीहरूको आमाहरूका कारणले भएको हो। कपूर परिवारको बुहारी नीतू र बबिता बीचको कुराकानी हुदो थिएन । ती दुवै एक अर्कालाई रुचाउदा थिएनन् । सायद यसैको असर उनीहरूका छोरीहरूमा परेको हुनसक्छ ।

सुरुमा करीना र करिश्मा दुवैले रिद्धिमा र उनको भाई रणबीरसँग कुरा गरेनन्, तर बिस्तारै जहाँ रणबीर करीना र करिश्माको नजिक भए। त्यहि समयमा रिद्धिमा र करिश्माको बीचमा दूरीहरू थिए।

मिडिया रिपोर्टका अनुसार रिद्धिमाले करिश्माको पूर्व पति संजय कपूरकी पत्नी प्रिया सचदेवसँग हात मिलाइन् र उनीसँग गहनाको व्यवसाय गरिरहेकी छन्। यसले रिद्धिमा र करिश्माको सम्बन्ध अझ बिगार्‍यो। 

पछिल्लो समय काका ऋषि कपूरको मृत्युको शोकमा करिश्मा कपुरको पनि उपस्थिति थियो । जसमा रिद्धिमा र करिश्मा नजिकै देखिन्थे।   योसँगै कपूर परिवारका छोरीमा बर्षौदेखिको पानी बाराबारको अवस्था मत्थर भएको देखिन्छ। दुवैबिचको सम्बन्धको बारेमा दाजु रणधिर र भाइ ऋषि कपूरलाई थाहा भएपनि मिलाउन सकेका थिएनन् । छोरीको जिद्दिका अघि उनीहरुको केहि सिप चलेन ।  ऋषि कपूरको मृत्युपछि भने यो लडाइ सकिएको बुझ्न सकिन्छ ।  

केही महिना अघि दिइएको अन्तर्वार्तामा रिद्धिमाले भनेकी थिइन्  उनको करिश्मासँग कुनै समस्या छैन।

ऋषि कपुरलाई सन् २०१८ मा क्यान्सर भएको थियो । उनी ११ महिनासम्म अमेरिकामा रहेर उपचार गराई गत वर्ष सेप्टेम्बरमा भारत फर्केका थिए । अमेरिकामा उनकी पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । ६७ वर्षीय कपूरको निधन भएको हो ।

ऋषि कपूरको मृत्युपछि, रिद्धिमाले हरेक पल नीतू कपूरको हेरचाह गर्दैछिन् ।  रिद्धिमाले हालै इन्स्टाग्रामको एक प्रत्यक्ष सत्रमा फ्यानहरूको प्रश्नहरूको जवाफ दिँदै थिइन्। उनका एक फ्यानले प्रश्न गरे 'नीतू म्यामलाई अहिले कस्तो छ? के उहँ  ठीक हुनुहुन्छ?  ' यसमा रिद्धिमाले भनिन्  'हामी दुवैले एक अर्कालाई सहयोग गरिरहेका छौं र हामी ठीक छौं'।



लोकप्रिय समाचार
नयाँ